नियम ३१
प्राथमिक उपचार
बाल सुधार गृहले बालबालिकाको प्राथमिक उपचारका लागि देहाय बमोजिमको व्यवस्था गर्नु पर्नेछः-

(क) सामान्य किसिमको चोटपटक वा अन्य सामान्य बिरामी भएमा तुरुन्त प्राथमिक उपचारको व्यवस्था,

(ख) बालिकाको प्राथमिक उपचार गर्नु परेमा उपलब्ध भएसम्म महिला स्वास्थ्यकर्मी र नभएमा महिला साथीहरु राखी प्राथमिक उपचारको व्यवस्था,

(ग) पर्याप्त भेन्टिलेशन भएको उज्यालो, सफा र सुरक्षित प्राथमिक उपचार कक्षको व्यवस्था,

(घ) बालबालिकालाई प्राथमिक उपचार गरी चोटपटक वा बालबालिकाको स्वास्थ्य अवस्था अनुसार थप परीक्षण र्‌ उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने, व्यवस्था,

(ङ) खण्ड (घ) बमोजिम स्वास्थ्य संस्थामा लैजानु पर्ने अवस्थामा एम्बुलेन्सको व्यवस्था ।